काठमाडौं : क्यान्सरपीडित गायिका तारा थापाको उपचारार्थ विभिन्न व्यक्ति तथा संस्थाबाट संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ।
तारा थापा उपचार सहयोग समितिका सदस्यले व्यक्तिगत रूपमा संकलन गरेको एक लाख ८५ हजार, गीतकार समाजका तर्फबाट अध्यक्ष योगेन्द्रमणि दाहालले संकलन गरेको ५० हजारसहित दुई लाख ३५ हजार नगद गायक दीप श्रेष्ठले हस्तान्तरण गरे।थापाको उपचारमा सहयोग जुटाउन दीप श्रेष्ठको संयोजकत्वमा महेन्द्र पिया, योगेन्द्रमणि दाहाल, सुनिल मास्के, भोला थापा, देवेन गिरी, विना महत, विष्णु ओली, कुमार श्रेष्ठ, विजय शिवाकोटी, अमर व्यञ्जनकार, रमेश कार्की, नेहा कार्की, राजुबाबु श्रेष्ठ, कपिल लोहनी, नीरमान गुरुङ, उद्धव थपलिया, राजकुमार दाहाल(कुमार), नितेश राई, निर्मल गुरुङ, प्रवीण मोक्तान, जीवन मोक्तान, सुमन श्रेष्ठ, सपन श्रेष्ठ, शिला वा. मोक्तान, नर्बु छिरिङ (आप्पा), राजु सिंह, प्रकाश गुरुङ, सचिन सिंह, सत्य-स्वरूपराज आचार्य, रेशमा सुनुवार, अमृत गुरुङ, आस्था राउत, झुमा लिम्बू, एपी शेर्पा, प्रेम सुब्बा र सुकमित गुरुङसमेत जम्मा ३७ जना सदस्य रहेको तारा थापा उपचार सहयोग समितिसमेत गठन गरिएको छ।
– annapurnapost.com